कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउँदै सरकार, कुन स्तरका कर्मचारीको कति पुग्छ तलब ?

आगामी आर्थिक वर्षको बजेट

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आउन एक सातामात्र बाँकी रहँदा बजेटले लिने प्राथमिकतका र दिने सेवा सुविधाको विषयमा तीव्र छलफल हुन थालेको छ । अन्य कर्मचारीमात्रै नभइ स्वयम अर्थ मन्त्रालयका कर्मचारीहरू पनि कति तलब बढ्छ अर्थात कतिसम्म तलब बढाउन सकिन्छ भनेर लागि परेका छन् ।

चालु आर्थिक वर्षमा प्रति कर्मचारी २ हजारका दरले मात्रै फ्याटमा तलब बढाएको सरकारले आगामी आर्थिक वर्षमा भने बढ्दै गएको मूल्य वृद्धिलार्य मध्येनजर गर्दै कर्मचारीको स्तरअनुसार १५ देखि २५ प्रतिशतसम्म तलब बढाउने तयारी गरेको हो ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार तल्लोस्तरका कर्मचारीको २५ प्रतिशतसम्म र माथिल्लो स्तरका कर्मचारीको १५ प्रतिशत तलब बढाउने सल्लाह भएको छ । शाखा अधिकृत र उपसचिवको २० प्रतिशत र ‘तल्लो स्तरका कर्मचारीको २५ प्रतिशतसम्म तबल बढाउने तयारी भएको छ,’ ती कर्मचारीले भने ‘माथिल्लो स्तर सहसचिव, सचिव तथा मुख्य सचिवको कर्मचारीे १५ प्रतिशतमात्रै बढाउने भनिएको छ ।’

हुन त तलब वृद्धिको विषयका सम्बन्धमा अहिले नै त्यति घनिभूत रुपमा छलफल भएको हुँदैन र पनि अहिले साधारण छलफल भएर बजेट आउँने अघिल्लो रातिमात्रै यसको टुगो लाग्ने हो । ‘बजेट आउँने अघिल्लो रात अर्थात जेट १४ गते बजेट पुस्तिका छाप्न पठाउनु अघि स्रोतको व्यवस्थापन गरिसकेपछि तलब वृद्धिको टुंगो लाग्छ ।

कुन स्तरका कर्मचारीको कति बढ्दै छ तलब ?

 

प्रतिक्रिया

6 COMMENTS

  1. Mahangi Sarkari karmachari haru lai matra hora aru private ma kaam garnae chai ko ta? Desh ko abasta yesto xa alxi haru ko taalab badauna atur xa sarkar private ma kaam garnae ko abasta k xa kasto xa vanera bujeko xa ta sarkar lae.

  2. Sarkari karmachari ra Netaharu matri yo deska janta hun. Yo desh ma garib ra sida sada haru lai bachne adhikar cha ki chaina??? Talab badhaira sarkari karmachari ta khushi holan tera talab bridhi sangai aako maghai lai garib janta le kasari dhhane?? Sarkar ko dhyan Kina khali talab badhaune tira matri jancha?? kina Sarkarle maghai lai ghatauna chhadaina?? Janta mara Sarkar.

  3. झुटको खेती गर्ने मिडिया बजेटलाई कर्मचारीको तलब वृद्धि सम्बन्धी मुख्य समाचारका नाममा जनता भड्काउने उद्देश्यले मनगढन्ते कुरालाई कपोलकल्पिक डाटा तयार गर्ने काम सधैं गर्छन् तर सकारात्मक सहयोग र सहयोगी भएर राज्यको चौथो अङ्गको रूपमा कहिले जिम्मेवारी बन्ने होलान् ?!?!

  4. महङ्गी बढेसँगै, सरकारी कर्मचारी को तलब बढ्ने, त्यसमाथी कर्मचारी को घुस, भ्रष्टाचार त छदै छ, अनि गरिब जनता चै महङ्गीले भोक भोकै मरुन् हैन त सरकार? ,बरु महङ्गी नगरे , घटाउन तिर योजना बनाए सबै जनताले लाभ पाउथे , सरकारी कर्मचारी को तलब भत्ता बडाउनु पर्दैन थियो ,यो तलब बृद्धि को पैसा ले बिकास निर्माण मा लाभ मिल्ने थियो नि निकम्मा सरकार।!

  5. 15-25% talab badhaunu vanda ramro 10-20% mahangi ghatauda hunxa. Hamilae talab bridhi chahidaina sarkar.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स