धितोपत्र बोर्डको अध्यक्षमा अन्तरवार्ता नदिनेलाई ५ गते बोलाइयो

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्षको लागि आज अन्तरवार्ता आव्हान गरे पनि दुई जना मात्रै उपस्थित भए । उपस्थिति नहुने ३ जनाको लागि अर्को मिति तय भएको छ ।

छनौट समितिको सचिवलाय रहेको अर्थमन्त्रालयको संस्थान समन्वय महाशाखाले एक सूचना जारी गर्दै ५ गतेको लागि बोलाइएको जनाको छ ।

अन्तिम पाँचमा परेका सन्तोषनारायण श्रेष्ठ र मु्क्ति श्रेष्ठ उपस्थित भए पनि कृष्णबहादुर कार्की, चिरञ्जीवि चापागाई, नवराज अधिकारी सहभागी नै भइनन् । सहभागी नहुनेहरुको लागि ५ गते योजना आयोगमा कार्ययोजना सहित उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स