काठमाडौं । जेठ महिनाको लागि बैंकहरुले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक भएको ब्याजदर अनुसार अधिकांश बैंकले यथावत राखेका छन् ।
२० वटा वाणिज्य बैंकमा १४ वटा वाणिज्य बैंकले वैशाख महिनाकै ब्याजदरलाई कायम गरेका छन् भने ६ वटा वाणिज्य बैंकले हेरफेर गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सिद्धार्थ बैक रकुमारी बैंकले ब्याजदर घटाएका छन् ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी १ प्रतिशत ब्याजदर घटाएको छ। सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर ०दशमलव २५ प्रतिशतविन्दुले घटाएको छ । र कुमारी बैंकले ० दशमलव ०१ प्रतिशत घटाएको छ ।
ब्याजदर बढाउनेमा सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंक रहेका छन् । सानिमा बैंकले ० दशलव ३८ प्रतिशत , नेपाल बैंकले ० दशमलव ३ प्रतिशत र एभरेष्ट बैंकले ० दशलव ०३ प्रतिशत वृद्धि गरेको हो ।
निक्षेपको ब्याजदर वृद्धि हुँदा आधारदर समेत बढ्ने संभावना हुन्छ भने घट्दा आधारदर घट्छ । त्यसकारण निक्षेपत्रको ब्याजदरले कर्जाको दरलाई समेत प्रभाव पर्छ ।
कुन बैंकको निक्षेपको अधिकतम ब्याजदर कति प्रतिशत तोकियो ?
क्रम संख्या | बैंकको नाम | अधिकतम निक्षेप ब्याजदर (%) |
---|---|---|
1 | एभरेष्ट बैंक | 6.64 |
2 | एनएमबी | 6.60 |
3 | एनआइसी एशिया | 6.60 |
4 | सानिमा | 6.60 |
5 | प्राइम कमर्सियल | 6.25 |
6 | स्ट्यान्डर्ड चार्टर्ड | 6.40 |
7 | प्रभु | 6.10 |
8 | ग्लोबल आईएमई | 6.00 |
9 | माछापुच्छ्रे | 6.00 |
10 | राष्ट्रिय वाणिज्य | 6.00 |
11 | कुमारी | 5.91 |
12 | लक्ष्मी सनराइज | 5.75 |
13 | नबिल | 5.75 |
14 | सिद्धार्थ | 5.75 |
15 | सिटिजन्स | 5.65 |
16 | कृषि विकास बैंक | 5.51 |
17 | नेपाल एसबीआई | 5.50 |
18 | हिमालयन बैंक | 5.50 |
19 | नेपाल इन्भेष्टमेन्ट | 5.50 |
20 | नेपाल बैंक | 5.45 |