असोजको लागि ३ वटा वाणिज्य बैंकले ब्याजदर बढाउँदा ८ वटाले घटाए

काठमाडौं । असोज महिनाको लागि बैंकहरुले निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्लो समय न्यून ब्याजदर बैंकहरुकले कायम गरिरहेका छन् ।

कर्जाको माग धेरै नहुँदा बैंकहरुको दर कम कायम हुँदै आएको हो ।
असोज महिनाको लगि सार्वजनिक भएको बैंकको दर समेत न्यून रहेहेको छ ।

त्यसमा पनि धेरै बैंकहरुले ब्याजदर घटाएका छन् ।
भदौ महिनाको तुलनामा ३ वटा वाणिज्य बैंकले मात्रै ब्याजदर बढाएका छन् ।

साथै ८ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । र ९ वटाले भदौ कै दरलाई यथावत राखेका हुन् ।

बैंकले निक्षेपलाई कम दर कायम गर्दा त्यसको आधार दरमा समेत कमि आउने र कर्जाको दर समेत सस्तो पर्न जान्छ ।

यस्तो छ बैंकले सार्वजनिक गरेका नयाँ ब्यादरको तुलनात्मक अवस्था (प्रतिशतमा)

लक्ष्मी सनराइज
असोज ६.५०
भदौ ६.५०

एनआईसी एसिया
असोज ७.१८
भदौ ७.४१

राष्ट्रिय वाणिज्य बैंक
असोज ६
भदौ ६.०७

नबिल बैंक
असोज ६.७५
भदौ ७

ग्लोबल आइएमई
असोज ६.२५
भदौ ६.२५

स्ट्यान्डर्ड चार्टर्ड
असोज ७
भदौं ७

नेपाल बैंक
असोज ५.९५
भदौ ५.२५

प्राइम कमर्सियल
असोज ६.२५
भदौ ६.७५

माछापुच्छ्रे
असोज ७
भदौ ७

नेपाल एसबिआइ
असोज ६
भदौ ६.२५

कुमारी
असोज ६.०१
भदौ ६.७१

कृषि विकास बैंक
असोज ६.०७
भदौ ६.०६

प्रभु
असोज ६.१
भदौ ६.१

सानिमा
असोज ५.९
भदौ ६.२

एनएमबि
असोज ६.५०
भदौ ७.४१

एभरेष्ट
असोज ६
भदौ ६.१
नेपाल इन्भेष्टमेन्ट
असोज ७
भदौ ७

सिटिजन्स
असोज ६.५०
भदौ ६.५०

सिद्धार्थ
असोज ६.५
भदौ ६.५

हिमालयन
असोज ७
भदौ ७

प्रतिक्रिया

हेडलाइन्स