भित्रिएका ईभी गाडीको पुनः परिक्षण हुने, किलोवाट घटाएको आशंका

काठमाडौं । भन्सार विभागले कम किलोवाट देखाएर विद्युतीय गाडी (ईभी) प्रवेश गराएको आशंका गरेको छ । भित्रिएका विद्युतीय गाडीको पुनः परिक्षण गर्न भन्दै भन्सार कार्यालयहरुलाई पत्राचार गरेको हो ।

विभागले सय किलोवाट भन्दा माथिका ईभी गाडीहरु ९९ किलोवाट लेखाएर भन्सार गरेको संकेत गरेको छ ।
भन्सार जाँचपासमा किलोवाट छलि मार्फत राजस्व चुहावट भएको निष्कर्ष निकाल्दै विभागले थप महसुल असुल गर्न र भविष्यमा जाँचपास गर्दा उच्च सर्तकता साथ जाँचपास गर्न मातहत सबै कार्यालयहरुलाई पत्राचार भएको छ ।

भन्सार विभागका अनुसार विद्युतीय गाडीहरु भित्रिने मुख्य भन्सार कार्यालयहरुमा पत्राचार भैरहेको छ ।

विभागका एक अधिकारी भन्छन्,‘ किलोवाट अनुसारको कर लगाइएको छ, जस अनुसार आयातकर्ताहरुले कागजातमा किलोवाट घटाएको आंशका भएको छ । त्यसकारण पुनः परिक्षणको लागि पत्राचार भएको हो ।

बजेट भन्दा अघि धेरै विद्युतीय गाडीहरु आयात भएको र त्यसमा समेत किलोवाट घटाइएको संकेत विभागको छ ।

विभागले भन्सार विभागहरुलाई लेखेको पत्रमा विद्युतीय गाडी जाँचपास गर्दा मोटरको पिक पावर क्षमताका सम्बन्धमा उत्पादक कम्पनीको आधिकारिक वेवसाइटमा उल्लिखित मोटरको क्षमता र पिक पावर समेतका कागजातहरु अनिवार्य रुपमा जाँच गरी यकिन भई कारोबार मूल्य कायम गरी जाँचपास गर्न भनिएको छ ।

पत्रमा भनिएको छ,‘महसुल असुल गरी यस अघि महसुल छुट भएको भए सो समेत असुल गरी उच्च सतर्कताका साथ जाँचपास गर्न निर्देशन छ ।’
पत्रमा भन्सार विभागका महानिर्देशक ढुण्डीराज निरौलाको नै हस्ताक्षर रहेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स