बीवाइडी डल्फिनको भिडियो खिची सामाजिक सञ्जालमा पोष्ट गर्दा १ लाख जित्न सकिने

काठमाडौं । साइमेक्स इंक प्रा.लि.नेपालमा बीवाइडी अटो उद्योग कम्पनी लिमिटेडको आधिकारक वितरकले ‘डल्फिन अन द रोड’ क्याम्पेनको घोषणा गरेको छ । क्याम्पेन सेप्टेम्बर ६-११ सम्म सेट गरिएको छ। बीवाइडी डल्फिन सेप्टेम्बर १२ मा नाडा अटो शो २०२३ मा लन्च हुँदैछ।

यस क्याम्पेन अन्तर्गत नेपालको कुनै पनि बाटोमा गुडिरहेको बीवाइडीको प्रिमियम ह्याचब्याक डल्फिनको भिडियो खिची सामाजिक सञ्जालमा पोष्ट गर्दा १ लाख रुपैयाँ नगद जित्न सकिने छ ।

साइमेक्स इंकका अनुसार पुरस्कार जित्न सडकमा विशेष तरिकाले सजावट गरिएको बीवाइडी डल्फिनको भिडियो बनाइ फेसबुक, इन्स्टाग्राम र टिकटिकमा पोस्ट गर्नुपर्ने छ । साथै, सो पोस्टसँगै बीवाइडी नेपालको पेजलाई ट्याग गर्नु पर्ने छ । क्याम्पेनको ह्यासट्यागहरू बीवाइडीडल्फिन तथा डल्फिनअनदरोड प्रयोग गर्नु पर्नेछ ।

यो योजनामा सहभागीहरू मध्येबाट फेसबुक, स्टाग्राम र टिकटकमा सबैभन्दा धेरै भ्युज पाउने भिडियोले प्रत्येक प्ल्याटफर्ममा १र१ लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

साथै, उक्त कार्यक्रममा सहभागी हुनेले बीवाइडीको गुडिजहरू तथा नाडा अटोशोका टिकट समेत पाउन सक्नेछन् । यो योजना भदौ २० देखि २५ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स