एनआइबिएल स्टेबल फन्ड योजनाको इकाईको बाँडफाँट भोलि हुने

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने ‘एनआईबिएल स्टेबल फण्ड’ बन्दमुखी योजनाको इकाई बाँडफाँट भोलि माघ २४ गते हुने भएको छ ।

एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको उक्त योजनाको इकाई भोलि बाँडफाँट हुने भएको हो ।

उक्त योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरु प्रति इकाई अंकित मूल्य १० रूपैयाँ दरमा माघ २ गते देखि माघ १६ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र प्राप्त भएको आवेदनको छानविन गरी रितपूर्वक आएका आवेदकहरुमा उक्त निष्काशित इकाईहरुको भोली माघ २४ गते बिहानको ९ः०० बजे निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बाँडफाँट गरिनेछ ।

प्रतिक्रिया

हेडलाइन्स