कामना सेवा विकास बैंक र सिप्रदी ट्रेडिङबीच सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले विद्युतीय सवारीसाधन तथा विद्युतीय ट्याक्सी खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदी ट्रेडिङसँग आइतबार सम्झौता गरेको छ।

सम्झौतापत्र कामना सेवा विकास बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत विनय दाहाल र सिप्रदी ट्रेडिङका तर्फबाट महाप्रबन्धक शास्वतजंग सिजापतीले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात सिप्रदी ट्रेडिङबाट टाटा ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्।

 

 

प्रतिक्रिया

हेडलाइन्स