काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष विश्वनाथ पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई ५ वर्षको लागि नियुक्त गरेको हो ।
लामो समय गभर्नर नियुक्ति प्रक्रिया रोकिदा आज प्रमुखसत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको छलफलमा पौडेललाई गभर्नर बनाउने सहमति जुटेको थियो ।
सोहि अनुसार मन्त्रीपरिषद्को बैठक अघि गभर्नर सिफारिस समितिको बैठक समेत बसेको थियो । समितिबाट तीन जनाको नाम लिखितम गरि मन्त्रीपरिषद् बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेका थिए । प्रक्रिया पुर्याएर मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।
गभर्नर नियुक्त हुने पौडेल नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन समेत लडेका छन् । प्रतिनिधी सभा सदस्यको लागि भएको निर्वाचनमा उनीले तेस्रो स्थान पाएका थिए ।
यद्यपी पौडेलले अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए ।
उनले चीनको सांघाइबाट समेत इन्जिनियरिङमा स्नातक छन् । उनको विज्ञता अर्थतन्त्रको इतिहासमा रहेको छ । अर्थतन्त्रको इतिहासमा राम्रो दख्खल राख्ने पौडेल सोहि अनुसारको लेख समेत प्रकाशित गर्दै आएका छन् ।
विश्व बैंकको कन्सल्ट्यान्टको रुपमा केहि समय काम गरेका उनी नेपालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, अर्थमन्त्रीको विज्ञ , आइएलओको कार्यालय लगायतमा काम गरेका छन् ।