काठमाडौं । अख्तियार दुरुपयोग अनुन्सधान आयोगले भिसामा गडबडी गर्ने गरेर विदेश पठाउनेको जालो खोजिरहेको छ । मिलेमतो गर्नेहरुको सञ्जाल खोजिकार्य राखेको छ ।
सोहि अनुसन्धानको क्रममा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई आज पक्राउ गरेको छ । उनी समेत संलग्न रहेको भन्दै उजुरी समेत परेपछि अख्तियारले सहसचिव भट्टराईलाई नियन्त्रणमा लिएको हो ।
उनीमाथि नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए ।
त्यसकार्यमा अन्य कर्मचारीहरु समेत संलग्न रहेको भन्दै अनुसन्धान जारी राखिएको छ ।