काठमाडौं । काठमाडौं उपत्यकामा गर्मी बढेको छ । सोमबार ३४ डिग्री सेल्सियस पुगेको तापक्रम मंगलबार पनि ३३ डिग्रीकै हाराहारीमा रह्यो ।
पश्चिमी वायू सक्रिय नै रहेको नेपाली भूभागमा पूर्विय वायुको समेत आगमन भैसकको मौसम विभागले जनाएको छ ।
विभागले पूर्वी भेगबाट मनसुन नै सुरु भैसकको जनाएको छ ।
विभागका अनुसार देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
सुदुरपश्चिम प्रदेश, कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।
मंगलबार राती कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।