जापानमा केयर गिभरको लागि २० हजार कामदार लैजाने तयारी

काठमाडौं । नेपालबाट जापान केयर गिभरमा कामदार लैजाने तयारी भएको छ । जापानी कम्पनी र नेपाली कम्पनीहरुले सेवा भावले काम गर्ने गरि २० हजार जना कामदार लान खोजिएको हो ।

३ वटा जापानी कम्पनीसँग नै सम्झौता गरेर कामदार लाने तयारी गरेको हो । जसको लागि तीन वटा नेपाली संस्थाहरुले समन्वय गर्ने भएका छन् ।

नेपाल फिर्ता पछि समेत जिम्मेवारी लिने गरि कामदार पठाउन लागेको हो ।
नेपाल र जापानबीच सेवा केन्द्रित सहकार्य र आर्थिक सशक्तिकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपालीहरुलाई लान खोजिएको बताइएको छ ।

आज एक विशेष समारोह बीच नेपाल जापान सेवा आदानप्रदान कार्यक्रम को औपचारिक रूपमा सम्झौता समेत भएको छ ।
सेवा भावलाई आत्मसात गर्दै नेपाली युवाहरूलाई अवसर प्रदान गर्नुका साथै नेपालका स्वास्थ्य सेवा क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने विश्वास राखिएको छ ।

यस सम्झौताले नेपाली युवाको सशक्तिकरण हुने र निकै आकर्षक समेत हुने बताइएको छ ।
जापान जानुअघि नेपालीलाई तालिम प्रदान गरिने भएको छ । यो कार्यक्रम मार्फत प्रत्यक्ष रूपमा युवा लाभान्वित हुनेछन् ।
यसले प्रत्यक्ष लाभान्वित हुने युवा र उनीमा निर्भर हुने परिवारसमेत आर्थिक र सामाजिक रूपमा सशक्त हुने समेत बताइएको छ ।

जापानमा ३ देखि ५ वर्षसम्म काम गरेर फर्केकाको लागि केयर गिभरको कम्पनी नै संचालन गर्न प्रेरित समेत गर्ने बताइएको छ ।

चिकित्सा तथा औषधि प्रबद्र्धनमा समेत काम गर्ने बताइएको छ । जापानी चिकित्सा उपकरण तथा औषधिहरूलाई नेपालमा प्रवद्र्धन तथा वितरण गर्ने योजनाले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा थप सुधार ल्याउने लक्ष्य राखिएको छ ।
नेपाल जापान सेवा आदानप्रदान कार्यक्रम केवल रोजगारी सिर्जना गर्ने पहल मात्र होइन, यो सामाजिकआर्थिक रूपान्तरणका लागि चालिएको दूरदर्शी कदम रहेको बताइएको छ ।

यसको लागि नेपाल सरकारसँग समन्वयको काम समेत भैरहेको बताइएको छ ।
अहिले २० हजार नेपालीलाई लाने बताइएको छ । तर जानको लागि दुइ खालको परिक्षा पास हुनुपर्ने छ ।
पहिलो भाषा परिक्षा पास हुनुपर्ने छ । भने अर्को केयर गिभरको समेत पास गर्नुपर्ने छ । जसमा १८ वर्ष नाघेका जो कोहि जान सक्नेछन् ।

कति लागत लाग्ने विषय निर्धारण हुन बाँकी छ । जापानमा कम्तिमा २ लाख ५० हजार तलब हुने बताइएको छ ।

जापानका Zenkou Research Institute, Kozaike Kohsan Co., Ltd., Progressive Staff Agency Co., Ltd. (Japan)कम्पनीले कामदार लाने विषयमा समन्वय गर्ने छन् ।

त्यस्तै नेपालबाट Sun and Company Pvt. Ltd, Saandipani Group of Education (Nepal) कम्पनीले समन्वय गर्ने भएका छन् । Kathmandu University School of Medical Science ले समेत सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया

हेडलाइन्स