ओमप्रकाश मोर (लेखक)
सरकारी दस्तावेद नै पल्टाउने हो भने नेपालमा विदेशी पर्यटकहरुको आगमन शुरुवातसँगै यहि मितिबाट हो भन्ने भेटिदैन ।
तर पर्यटन क्षेत्रको विकास हेर्ने हो भने विभिन्न मितिमा विभिन्न काम भएका छन् ।
पर्यटन क्षेत्रका कार्यक्रमहरुलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्वप्रथम विसं २०१६ सालमा पर्यटन बोर्डको स्थापना गरियो । विसं २०१८ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गत पर्यटन विभाग गठन गरिएको थियो ।
त्यस्तै गरि १९७२ को पर्यटन गुरुयोजना र प्रशासन सुधार आयोग, २०३२ को सिफारिस समेतका आधारमा पर्यटन क्षेत्रको योजनाबद्ध विकास तथा प्रबद्र्धन गर्न केन्द्रीय पर्यटन प्रशासनिक निकायको रुपमा विसं २०३४ सालमा छुट्टै पर्यटन मन्त्रालयको स्थापना भएको हो ।
विसं २०३९ सालमा निर्माण तथा यातायात मन्त्रालय अन्तर्गतको हवाई विभागलाई समेत गाभी पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नामाकरण गरियो ।
पर्यटनमन्त्रालयबाट लिइएको यी विवरण अनुसार मुलुकले अवलम्बन गरेको खुला बजारमुखी अर्थतन्त्रमा सरकारको भूमिका र कार्यक्षेत्रलाई व्यवस्थित गर्न विसं २०५५ सालमा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका २ वटा विभागहरु हवाई विभाग र पर्यटन विभागलाई खारेज गरी क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल पर्यटन बोर्डको स्थापना गरियो ।
विसं २०५७ सालदेखि संस्कृति क्षेत्रको समेत कार्य गर्ने गरी मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको रुपमा नामाकरण गरियो ।
पर्यटन उद्योगको व्यवस्थापन, पर्यटन पूर्वाधार विकास, पर्यटकको सुरक्षा लगायत कार्यहरु गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७१ श्रावण २ गतेको निर्णयनुसार मिति २०७१ भाद्र महिनामा पर्यटन विभागको स्थापना गरिएको छ ।
यसरी स्थापना भएका निकायहरुले पर्यटन क्षेत्रको हितमा काम गरिरहेका छन् । तर नेपालको पर्यटन आगमनको हिसाव हेर्ने हो भने ज्यादै न्यून नै रहेको छ ।
पर्यटकहरुको आगमनको पछिल्लो तथ्यांक हेर्ने हो भने, अंग्रेजी वर्ष २०२४ को मे गत वर्षको तुलनामा नेपाल भित्रिने पर्यटक घटेका छन् ।
गत अप्रिलमा १ लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा मे महिनामा ९० हजार २११ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् ।
यसरी हेर्दा नेपालमा मासिक १ लाख पर्यटकको आगमन मुस्किलले छ । नेपालको जुन खालको संभावना रहेको छ । त्यो हेर्दा यो ज्यादै न्यून हो ।
साँच्चिनै नेपाल भित्र्याउने हो भने विभिन्न पर्यटकको वर्गीकरण गरेर सोहि अनुसारको पूर्वाधार तयार गर्नुपर्छ ।नेपालमा सबैभन्दा संभावना भनेको प्राकृतिक स्वरुप हेर्न आउनेहरुको लागि नै हो । अहिले धेरै आउने पर्यटकहरु त्यहि नै छन् ।
तर तिनीहरुलाई नै एक मात्रै हैन धेरै ठाउँ हेर्न लायक छ भनेर चिनाउन सकिएको छैन । काठमाडौं, पोखरा धेरै घुम्छन् । त्यो भन्दा अन्य स्थानमा जाने भनेको थोरै मात्रै हो । त्यसको लागि भने हामीले धेरै ठाउँ चिनाउनु पर्छ । त्यसको साथै सरकारले पनि पूर्वाधार निर्माणमा अग्रसरता देखाउनुपर्छ ।
दोस्रो भनेको नेपालमा आउने धेरै पर्यटक धार्मिक पनि हुनसक्छन् । नेपालमा हिन्दु र बौद्ध धर्माबलम्बीहरु धेरै ल्याउन सकिन्छ ।
त्यसतर्फ पनि हामीले हेक्का राखेको नै छैनौ । जति आउँछन् , त्यसमा प्रवद्धन गर्ने काम गरेको छैन । यो वर्ष आएको बजेटमा जनकपुरलाई विवाहभूमि र लुम्बिनीलाई जन्मभूमिको रुपमा विकास गर्ने भनिएको छ । तर त्यसको लागि पूर्वाधार खोई ।
लुम्बिनीमा प्रसुति गृह तत्काल आवश्यकता पर्यो । निकै प्रविधियुक्त र ठूलो वर्थिङ अस्पताल आवश्यकता पर्छ । त्यसपछि मात्रै यस्ता घोषणा साकार हुने हुन् । यहाँ आएर बच्चा जोखिममा जन्माउन कोहि पनि विदेशी चाहँदैनन् ।
यो नराम्रो योजना भने होइन र तर कार्यन्वयनमा सरकार कति तल्लिन हुन्छ भन्ने विषय महत्वपूर्ण हो । नेपालमा घोषणा भएको तर कार्यन्वयनमा नआएको आयोजना त हरेक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यक्रमलाई केलाए पछि पुग्छ ।
अर्को भनेको शैक्षिक पर्यटन हो । शिक्षा आजको लागि नेपाल महत्वपूर्ण गन्तवय बनाउन सकिन्छ । नेपालमा टूला र राम्रो स्कु्ल कलेज बनाउन सकिन्छ । त्यसमा एक त विद्यार्थी आउँछन् नै नेपालको हावापानीमा बसेर पढ्नको लागि पनि हामी लालायित बनाउन सकिन्छ ।
अर्को भनेको जो विद्यार्थी यहाँ आएर पढ्छन् , उनीहरुले पनि अविभावकहरु पनि नेपाल आउने गर्छन् । त्यसले पनि धेरैलाई नेपाल भित्र्याउन मद्दत गर्छ । स्र्पोटर्स पर्यटनको पनि नेपालमा त्यतिकै संभावना रहेको छ ।
नेपाल भौगोलिक रुपमा साहसिक खेलहरु खेलाउन सक्ने ठाउँ छ । ती खेलहरु नेपालमा आयोजना हुनुपर्छ । जस्तो कार रेस, बाइसाईकल रेस, प्याराग्लाइडिङ जस्ता खेलहरुको खेलाउन सकिन्छ । यस्ता खेल हेर्नको लागि पनि आउनेहरु धेरै हुनसक्छन ्।
हाम्रा हिमालयन पर्वतको त कुरै गर्नुपरेन । त्यसमा आरोहण गर्ने देखि हेर्नको लागि पनि आउनेहरुको सख्या बढाउन सकिने संभावना प्रचुर रहेको छ ।
यी संभावनाको कुरा त सबैले धेरै थाहा पाएको नै विषय हो । तर त्यसको लागि तयारी र संरचना निर्माणमा नेपालले गर्नुपर्ने धेरै छ । रारा ताल विश्वकै सुन्दर मध्येमा पर्छ । तर त्यहाँ एउटा पनि होटल छैन । तारे होटलहरुको निकै आवश्यकता रहेको छ । यस्ता ठाउँहरु धेरै छन् । त्यहाँसम्म जाने बाटो छैन । त्यहाँ गएर बस्ने ठाउँ छैन । हाम्रो मौलिक वस्तुहरुको बेचविखन गर्ने गरि हामीले त्यसको बजारीकरणमा केहि सोचेका छैनौं ।
अर्को भनेको नेपालमा हवाई क्षेत्र निकै महँगो भयो । त्यसलाई नियन्त्रण गर्न आवश्यकता छ । नेपाल आउँनु भन्दा नेपालको छिमेकी देश भारत आवत जावत गर्नु धेरै सस्तो परिसक्यो ।
अब विदेशी पर्यटकहरु भारत हुँदै नेपाल आउने तथा भारत आएको बेलामा नेपाल एक दिनको लागि मात्रै आउने चलन धेरै भैसकेको छ । त्यसलाई हामीले चिर्न सक्नुपर्छ ।
कुनै पर्यटकिय स्थल छ भने पर्यटकले खर्च गर्ने अन्य पूर्वाधारहरु समेत त्हा बनाउनुपर्छ । सकेसम्म नेपालमा उनीहरुले धेरै खर्च गर्न सक्ने गरि हाम्रो सिस्टम बनाउनु्सक्नु पर्यो त्यो भयो भने मात्रै नेपाललाई पर्यटन क्षेत्रले साथ दिनसक्छ ।
अर्को महत्पवूर्ण कुरा पर्यटकको सुरक्षामा पनि ध्यान दिनुपर्छ । विना गलत मनसायले नेपाल आएका पर्यटकहरुलाई संरक्षण गर्नु नेपालको दायित्व सम्झेर सुरक्षा प्रबन्ध मिलाउनुपर्छ ।
पर्यटकको यसको लागि सरकारले गर्न सक्ने भनेको पूर्वाधार निर्माणमा निजी क्षेत्र सहुलियत ऋण दिन आवश्यक छ । यसले बाटोघाटोदेखि होटल लगायतका संरचना द्रु्त गतिमा अघि बढ्छ ।