काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समिति बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
बैठकले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।
साथै, कम्पनीले साधारण सभा मंसिर ६ गते कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे आह्वान गरेको छ ।
सभामा भर्चुअल माध्यमबाट पनि उपस्थित हुन सकिने कम्पनीले जनाएको छ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज हुनेछ । तसर्थ, कात्तिक २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।