काठमाडौं । सेयर बजार सामान्य अंकले घटेको छ ।
बुधबार, नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० अंक विन्दुमा आइपुगेको छ ।
आज ५८ लाख ७४ हजार कित्ता सेयर २ अर्ब ५४ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १२४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०७ वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, फष्र्ट माइक्रो फाइनान्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, ग्रामीण विकास लघुवित्तको ७ करोड १५ लाख, हिमालयन डेष्टिलरीको ५ करोड ८६ लाख, प्राइम कमर्सियल बैंक प्रमोटर सेयरको ५ करोड ७१ लाख, गोर्खाज फाइनान्सको ५ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।