सोपान मल्टिपल कम्पनीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल

काठमाडौं । सोपान मल्टिपल कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०७ रुपैयाँमा आईपीओ निष्काशन गर्ने तयारी गरेको हो ।

हाल कम्पनीको प्रतिसेयर नेटवर्थ १०३.८५ रुपैयाँ रहेको र फेयर मार्केट भ्यालु ४५० रुपैयाँभन्दा माथि रहेको कम्पनीका अध्यक्ष ताराप्रसाद पोखरेलले बताए ।

कम्पनीले आफ्नो पुँजी १ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ पु्र्याउने योजना बनाएको छ । जस अन्तर्गत संस्थापकतर्फ ८० प्रतिशत अर्थात १ करोड १६ लाख ६० हजार कित्ता हिस्सा रहने छ भने २० प्रतिशत अर्थात २९ लाख १५ हजार कित्ता बराबरको आईपीओ जारी गर्नेछ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।

वैशाख १८ गते सम्पन्न भएको बिक्री प्रबन्धक नियुक्ती सम्झौतामा सोपान मल्टिपल कम्पनीका तर्फबाट कम्पनीका अध्यक्ष डा.ई. ताराप्रसाद पोखरेल र एनएमबी क्यापिटलका तर्फबाट सीईओ दिपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आगामी वैशाख २२ गते आयोजना हुन लागेको कम्पनीको १५ औं वार्षिक साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश हुनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स