नेपाल सोलार फार्मले आईपीओ निष्काशन गर्ने, साधारण सभा आह्वान

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्तावसहित विशेष साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले सभा जेठ १ गते काठमाडौंको बाफलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो ४ बजे डाकेको छ ।

कम्पनीले सभामा सर्वसाधारणलाई कम्पनीको साधारण सेयर जारी गर्ने र सो सँग सम्बन्धित सम्पूर्ण कार्य गर्नरगराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

साथै सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको आईपीओ निष्काशन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स