गुराँस लघुवित्तमा सकरात्मक सर्किट लाग्दा एक दर्जनभन्दा बढी लघुवित्तको सेयर मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख ८१ हजार कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, गुराँस लघुवित्तको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

वीन नेपाल लघुवित्तको ९.९७%, मानुषी लघुवित्तको ९.९१%, गणपति लघुवित्तको ८.३९%, सिर्जनशील लघुवित्तको ७.६९%, सपोर्ट माइक्रो फाइनान्सको ६.८८%, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ६.७४%, साधना लघुवित्तको ५.८९%, मनकामना स्मार्ट लघुवित्तको ५.८७%, विजया लघुवित्तको ५.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स