आज सूर्य ज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६४ लाख ८१ हजार कित्ता सेयर २ अर्ब ५३ करोड ६२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३२ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सर्वोतम सिमेन्टको १२ करोड ६७ लाख, गोर्खाज फाइनान्सको ११ करोड ७७ लाख, शिवम् सिमेन्टको ९ करोड ३ लाख, सोनापुर मिनिरल्सको ५ करोड ९२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स