नेप्से १४ अंकले बढ्दा चन्द्रागिरी हिल्स्सहित तीन कम्पनीमा लाग्यो सकरात्मक सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५१ लाख कित्ता सेयर ५ अर्ब ५४ करोड ४२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, चन्द्रागिरी हिल्स्, समाज लघुवित्त र रावा इनर्जीमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ । सिनर्जी पावरको ८.७२%, सिंगटी हाइड्रोको ८.२३%, ग्रीन लाइफ हाइड्रोपावरको ७.९९%, विशाल बजारको ७.६७%, मकर जितुमायाको ७.४८%, नेपाल रि इन्स्योरेन्सको ६.८७%, युनियन हाइड्रोपावरको ६.५४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स