सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारण सभा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले साधारण सभा बोलाएको छ । माघ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फागुन १ गते १४औं वार्षिक साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभा धुम्वाराही भेन्यु, धुम्वाराही, काठमाडौंमा विहान ११ बजे सभा सुरु हुनेछ । त्यसैगरी हकप्रद जारी गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले माघ १८ गते एकदिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको आधारमा माघ १७ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब ४५ करोड रूपैयाँ छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस ११ गते स्वीकृति पाइसकेको छ । हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले बुकक्लोज पुस २२ गते आइतबार बुकक्लोज पनि गरिसकेको छ ।

बुकक्लोजको आधारमा पुस १९ गते बिहीबारसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको शतप्रतिशत हकप्रद सेयर खरीद गर्न सक्नेछन् ।

प्रतिक्रिया

हेडलाइन्स