बोर्डले दियो दुई वटा कम्पनीलाई हकप्रद सेयर निष्काशनको अनुमति, कसको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई वटा कम्पनीलाई हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले एशियन लाइफ इन्स्योरेन्सलाई वैशाख २६ गते र राप्ति हाईड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेडलाई वैशाख २५ गते हकप्रद सेयर निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।

अनुमति पाएसँगै अब एशियन लाइफले ४२ प्रतिशत अर्थात १ः०.४२ अनुपातमा १०० रूपैयाँ अंकित दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता सेयर निष्काशन गर्नेछ ।

त्यस्तै, राप्ति हाईड्रोले शतप्रतिशत अर्थात ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

दुवै कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

हेडलाइन्स