काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको ८३ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आत्मनिर्भर लघुवित्त वित्तिय संस्था लिमिटेडको गरि कुल ८३ लाख ५ हजार ६८१.३६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा नेपाल लाइफ इन्स्योरेन्स १० प्रतिशतले हुन आउने कुल ८२ लाख ७ हजार ९६६.५५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।