यस्ता छन् आज सर्किट र सर्वाधिक सेयर खरिदबिक्री हुने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

बिहीबार, नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ अंक विन्दुमा आइपुगेको छ ।

आज ३ करोड ७ लाख ९९ हजार कित्ता सेयर ११ अर्ब ६५ करोडमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५० वटा कम्पनीको घटेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्समा १०%, छयाङदी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्यूटिकल्स्मा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७८ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख, युनिर्भसल पावर कम्पनीको ५७ करोड १ लाख, राधि विद्युतको ४३ करोड ३९ लाख, अपि पावरको ३८ करोड ९६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स