नेप्से ६१ अंकले बढ्दा पाँच कम्पनीमा लाग्यो सर्किट, कुनले कति कमाए ?

काठमाडौं । बुधबार, नेप्से परिसूचक ६१.२६ अंकले बढेर २६७२.७० अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ७२ लाख २५ हजार कित्ता सेयर १० अर्ब ५१ करोड ८४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो इन्स्योरेन्समा १०%, बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्यूटिकल्स्मा ९.९९%, पीपल्स् हाइड्रोपावरको ९.९८%, जानकी फाइनान्सको ९.०७%, दोर्दी खोला जलविद्युतको ८.६१%, इष्टर्न हाइड्रोपावरको ८.०६%, समृद्वि फाइनान्सको ७.६५%, दिव्यश्वरी हाइड्रोपावरको ७.५५ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स