चार कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ८४ लाख ३७ हजार कित्ता सेयर ७ अर्ब ६३ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्यूटिकल्स्, सिटिजन्स सुपर ३० म्यूचल फण्डमा १०% र क्रेष्ट माइक्रो इन्स्योरेन्समा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।

त्यस्तै, राधि विद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७६ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

ङादी ग्रुप पावरको ५५ करोड ६२ लाख, सानिमा माई हाइड्रोपावरको ४८ करोड ५४ लाख, युनिर्भशल पावर कम्पनीको ४७ करोड १५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३७ करोड ६९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स