काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक १.१८ अंकले घटेर २६२२.६५ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड १९ लाख ८५ हजार कित्ता सेयर ९ अर्ब २४ करोड ५५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १२८ वटा कम्पनीको घटेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्यूटिकल्स्, क्रेष्ट माइक्रो इन्स्योरेन्समा १०% र अप्पर सालु हाइड्रो इलेक्ट्रिकमा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६० करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
ङादी ग्रुप पावरको ५५ करोड १४ लाख, राधि विद्युतको ५१ करोड ४६ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ५० करोड ५६ लाख, अपी पावरको ३९ करोड ४५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।