नेप्सेमा ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सजेन्ज (नेप्से)मा ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।

बुधबार, कम्पनीको प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयर ‘ओएमपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको आईपीओले पहिलो कारोबारका लागि ९०.१७ रुपैयाँदेखि २७०.५१ रुपैयाँसम्म ओपनिङ रेञ्ज पाएको छ ।

सर्वसाधारणमा वितरण गरिएको १८ लाख कित्ता (३०%) र कम्पनीका संस्थापक संस्थापक सेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता (७०%)गरी कुल ६० लाख कित्ता सेयर सूचीकृत भएको हो ।

सूचीकृतभएसँगै उक्त सेयर आइतबारदेखि नै कारोबारमा आउनेछ ।

प्रतिक्रिया

हेडलाइन्स