साढे ९ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा गिरावट आएको छ ।

बुधबार, नेप्से परिसूचक ५.६१ अंकले घटेर २६२६.३७ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ४६ लाख ४१ हजार कित्ता सेयर ९ अर्ब ३७ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३६ वटा कम्पनीको घटेको छ भने १ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

समाज लघुवित्तको र नेपाल माइक्रो इन्स्योरेन्समा १०% र क्रेष्ट माइक्रो इन्स्योरेन्समा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।

त्यस्तै, राधि विद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५८ करोड ०४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

ङादी ग्रुप पावरको ५२ करोड ९९ लाख, सानिमा माई हाइड्रोपावरको ५० करोड ९४ लाख, अरुण भ्याली हाइड्रोपावरको ४२ करोड ३० लाख, हिमालयन पावर पार्टनरको ३५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

हेडलाइन्स