काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड ८४ लाख ९१ हजार कित्ता सेयर ७ अर्ब ५७ करोड ५४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८८ वटा कम्पनीको घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंक र क्रेष्ट माइक्रो इन्स्योरेन्समा १०%, नेपाल माइक्रो इन्स्योरेन्समा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।
त्यस्तै, सानिमा माई हाइड्रोपावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८२ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
ङादी ग्रुप पावरको ६२ करोड १६ लाख, राधि विद्युतको ४६ करोड ४४ लाख, एनआरएन इन्फ्रास्ट्रब्चरको २५ करोड ७३ लाख, एचआईडीसीएलको २३ करोड ८५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।