काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) दुई कम्पनीको साढे ४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
शुक्रबार, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्सको गरि कुल ४ लाख ६२ हजार ४७१.९३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमा मिथिला लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने कुल २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, श्री इन्भेष्टमेन्ट फाइनान्सको १.८७ प्रतिशतले हुन आउने कुल १ लाख ८३ हजार १६८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ ।