नेप्से सामान्य अंकले बढ्दा दुई कम्पनीमा लाग्यो सर्किट, यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

बिहीबार, नेप्से परिसूचक ३ अंकले बढेर २६५८.९४ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ९७ लाख ५४ हजार कित्ता सेयर ७ अर्ब ८७ करोड ९३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६१ वटा कम्पनीको घटेको छ एक कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्समा ९.९९ प्रतिशतले सर्किट लागेको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७० करोड ३४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

राधि विद्युतको ५७ करोड २३ लाख, एनआरएन एन्फ्रास्ट्रक्चरको ५२ करोड ५२ लाख, युनिर्भसल पावर कम्पनीको ४७ करोड ३ लाख, एचआईडीसीएलको २८ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

हेडलाइन्स