पियोर इनर्जीको आईपीओ बाँडफाँट, १ लाख १९ हजार ५२० जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय, नारायणचौर नक्सालमा आज बिहान बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा १८ लाख ५४ हजार ४९७ जनाले आवेदन दिएका थिए । जसमा १८ लाख ४६ हजार ६६४ आवेदन सदर भएको छ भने ६ हजार ४२६ जनाको आवेदन बदर भएको छ ।

कुल सदर आवेदकमध्ये १ लाख १९ हजार ५२० जनालाई १० कित्ताका दरले ११ लाख ९५ हजार २ सय कित्ता सेयर बाँडफाँट गरिएको छ । त्यस्तै, बाँकी १७ लाख २७ हजार १४४ सदर आवेदकको हात भने खाली भएको छ ।

कम्पनीले चैत २८ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी तीन तरिकाबाट हेर्न सकिनेछ

सीडीएस एण्ड क्लियरिङको वेबसाइटः https://iporesult.cdsc.com.np/

बिक्री प्रबन्धकको वेबसाइटः https://result.nabilinvest.com.np/search/ipo-share

मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login

प्रतिक्रिया

हेडलाइन्स