काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
मंगलबार, नेप्से परिसूचक ४.९३ अंकले घटेर २६९३.३५ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड २५ लाख कित्ता सेयर ८ अर्ब ३२ करोड १२ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६० वटा कम्पनीको घटेको छ एक कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको १०%, क्रेष्ट माइक्रो इन्स्योरेन्सको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ४४ करोड ६० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
हिमालयन पावर पार्टनरको ४० करोड ९४ लाख, हिमालयन रि इन्स्योरेन्सको ३६ करोड ४८ लाख, नेपाल रि इन्स्योरेन्सको ३५ करोड ६४ लाख, राधि विद्युतको ३५ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।