काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले घटेको छ ।
सोमबार, नेप्से परिसूचक ४.०४ अंकले घटेर २७०१.९९ अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड १२ लाख कित्ता सेयर ८ अर्ब ७७ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३३ वटा कम्पनीको घटेको छ एक कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
नेपाल माइक्रो इन्स्योरेन्सको ९.९९%, क्रेष्ट माइक्रो इन्स्योरेन्सको ९.९९%, युनिर्भसल पावर कम्पनीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, ङादी ग्रुप पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५३ करोड ९९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
युनिर्भसल पावर कम्पनीको ५२ करोड ४७ लाख, एचआईडीसीएलको ४३ करोड ४५ लाख, हिमालयन पावर पार्टनरको ३५ करोड ५५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको ३१ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।