साढे ८ अर्बमाथिको कारोबार हुँदा यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री, दुई कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । साताको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ ।

आइतबार, नेप्से परिसूचक १६.२१ अंकले घटेर २७०६.५१ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १३ लाख २३ हजार कित्ता सेयर ८ अर्ब ४३ करोड ३५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९२ वटा कम्पनीको घटेको छ एक कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यस्तै, राधी विद्युत कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६८ करोड ७६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

ङादी ग्रुप पावरको ५७ करोड २७ लाख, बलेफी हाइड्रोपावरको ५६ करोड ६७ लाख, निफ्राको ३८ करोड ६२ लाख, सानिमा माई हाइड्रोपावरको ३७ करोड ५८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको ९.९९, क्रेष्ट माइक्रो इन्स्योरेन्सको ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स