विन नेपाल लघुवित्तको एफपीओ भोलि बाँडफाँट हुने, १९ लाख ७१ हजारबढीको हात रित्तो हुने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङले कम्पनीको एफपीओ भोलि वैशाख ७ गते बिहान ८ः३० बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको एफपीओमा अन्तिम दिनसम्म १९ लाख ७४ हजार ७०९ जना आवेदकहरुले २ करोड ३३ लाख ८४ हजार ५२० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।

कम्पनीको एफपीओमा २ अर्ब ३३ करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

जुन कम्पनीले निष्काशन गरेको सेयरको ४५५.९१ गुणाबढी हो ।

कम्पनीले चैत २१ गतेदेखि चैत २६ गतेसम्म सर्वसाधारणका लागि एफपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा ५१ हजार २९२.५ कित्ता एफपीओ निष्काशन गरेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

कम्पनीको एफपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रर्थाबाट सेयर बाँडफाँट हुनेछ । जसमा ५ हजार १२९ जनाले सेयर हात पार्ने छन् भने १९ लाख ७१ हजार ३९५ जनाको हात रित्तो हुने देखिन्छ ।

 

प्रतिक्रिया

हेडलाइन्स