काठमाडौं । भोलिबाट ‘रिलायबल समृद्धि योजना’ बिक्री खुल्ला हुने भएको छ ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड, कोष प्रबद्र्धक तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘रिलायबल सामूहिक लगानी कोष’ अन्तर्गत सञ्चालन हुने पहिलो बन्दमुखी उक्त योजना भोलि वैशाख ३ गतेबाट बिक्री खुल्ला हुने भएको हो ।
जसको आकार १ अर्व रूपैयाँ रहेको छ । जस मध्ये ८ करोड ५० लाख इकाई अथवा ८५ करोड रुपैयाँ बराबरको सार्वजनिक निष्काशन (आईपीओ) मार्फत विक्री खुल्ला गरिएको छ ।
यस योजना बन्दमुखी प्रकृतिको योजना भएकोले यसका इकाईहरु धितोपत्र बजारमा सूचिकरण भई सार्वजनिक निष्काशन पश्चात सामूहिक लगानीकोष नियमावली, २०६७ बमोजिम धितोपत्र बजारमा खरिद बिक्रि गर्न सकिनेछ । यस योजना नेपालमा बीमा क्षेत्रबाट कोष प्रबद्र्धन गरिएको पहिलो सामूहिक लगानीकोष हो । यस योजनाको वार्षिक औषत प्रतिफल १७.७३ प्रतिशत प्रक्षेपण गरिएको छ ।
रिलायबल सामूहिक लगानी कोषको सार्वजनिक निष्काशन मिति वैशाख ३ गतेदेखि छिटोमा वैशाख ०७ गते र ढिलोमा वैशाख १७ गते सम्म खुल्ला हुँदैछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार देखि अधिकतम १० करोड रूपैयाँसम्म लगानीका लागि सी–आश्वा खाता रहेको बैँक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछ ।
कम्पनीले सेयरधनीहरुलाई उत्कृष्ट प्रतिफल दिने प्रतिवद्धता गरेको छ ।