नेप्से २६ अंकले बढ्दा पाँच कम्पनीमा लाग्यो सर्किट

काठमाडौं । मंगलबार, नेप्से परिसूचक २६.५५ अंकले बढेर २६८८.६३ अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड १८ लाख ४१ हजार कित्ता सेयर ८ अर्ब ५४ करोड ४३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २१२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३४ वटा कम्पनीको घटेको छ ।

त्यस्तै, कर्पेरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकमा १०%, नेपाल माइक्रो इन्स्योरेन्समा ९.९९%, क्रेष्ट माइक्रो इन्स्योरेन्समा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।

सुपर मदी हाइड्रोपावरको ५.८४%, एनआरएन इन्फ्रास्ट्रक्चरको ५.४७%, सामुदायिक लघुवित्तको ५.२२%, हाथ्वे इन्भेष्टमेन्टको ५.२०%, पिपल्स् हाइड्रोपावरको ४.८६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स