काठमाडौं । ट्रेड टावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गर्न लागिएको हो।
यसमा आवेदकले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्म माग गर्न सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गतेसम्म रहेको छ।
कम्पनीको धितोपत्र निकाष्नश तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्नेछ।