काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओमा दोस्रो दिन ९.५३ गुणाबढी आवेदन परेको छ ।
कम्पनीको आईपीओमा आज साँझ ५ः०४ बजेसम्ममा ९ लाख ५५ हजार ४१७ जना आवेदकहरुले १ करोड १३ लाख ९४ हजार ०७० कित्ताका लागि आवेदन दिएको सीडीएस एन्ड क्लियरिङले जनाएको छ ।
कम्पनीको आईपीओमा १ अर्ब १३ करोड ९४ लाख ७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
कम्पनीले चैत २८ गतेदेखि आम सर्वसाधारणका लागि ११ लाख ९५ हजार २०० कित्ता सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। जसमध्ये १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्काशन गरेर बाँडफाँट समेत गरिसकेको छ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यसरी अब बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गरेको हो।
इच्छुक लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गते रहेको छ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।