काठमाडौं । यूनिटक हाईड्रोपावर कम्पनी लिमिटेड आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ ।
कम्पनीले सभा वैशाख २० गते ललितपुरको कुपण्डोलमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजे डाकेको हो ।
उक्त सभामा आम सर्वसाधारणलाई आईपीओ जारी गर्ने र कम्पनीको वित्तीय एवं कार्ययोजनको विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वित्तीय विवरण लगायतका प्रस्तावहरु पारित गरिनुका साथै कम्पनीको रजिष्टर्ड ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।