काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा गिरावट आएको छ ।
बिहीबार, नेप्से परिसूचक ८.६० अंकले घटेर २६६७.६८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड १३ लाख ८४ हजार कित्ता सेयर ५ अर्ब ६३ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको घटेको छ भने १ कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो इन्स्योरेन्समा ९.९८ प्रतिशतले सर्किट लागेको छ ।
त्यस्तै, राधी विद्युतको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३५ करोड ९४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको ३५ करोड २९ लाख, हिमालयन रि इन्स्योरेन्सको ३० करोड ५० लाख, सीईडीबी होल्डिङसको २९ करोड २२ लाख, ङादी ग्रुप पावरको २६ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।