नेप्सेमा एक लघुवित्तको करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक लघुवित्तको करिब ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार, समता घरेलु लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसमा, कम्पनीको ५ प्रतिशत दरका कुल २ लाख ९९ हजार ५४८.३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

हेडलाइन्स