नेप्से ३२ अंकले बढ्दा यी कम्पनीले सर्वाधिक कमाए

काठमाडौं । आइतबार, नेप्से परिसूचक ३२.२४ अंकले बढेर २६९५.५५ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ५५ लाख ७२ हजार कित्ता सेयर ७ अर्ब ५६ करोड ८२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २२२ वटा कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, जोशी हाइड्रोपावरको ९.९७%, दोर्दी खोला जलविद्युतको ६.९४%, कुमारी सबल योजनाको ६.३९%, तेह्रथुम पावरको ६.२४%, गुराँस लघुवित्तको ६.१९%, समलिङ पावरको ५.९१%, खानी खोला हाइड्रोपावरको ५.८४%, मकर जितुमायाको ५.०४%, नेपाल रि पब्लिक मिडियाको ४.९४%, इमर्जिङ नेपालको ४.९३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रतिक्रिया

हेडलाइन्स