काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ११ कम्पनीको २ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ ।
चैत १० गतेदेखि चैत १५ गतेसम्म ११ कम्पनीको कुल २ करोड ७ लाख ९४ हजार ५०२.९१ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा, चैत १० गते आइतबार सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडको ६ प्रतिशतले हुन आउने कुल ६ लाख २६ हजार १९९.७९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
सपोर्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको १३.७७५ प्रतिशतले हुन आउने कुल १ लाख ४८ हजार २४५.०९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
चैत ११ गते सोमबार, शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ३ प्रतिशत दरका कुल १४ लाख २० हजार १०७ कित्ता सेयर सूचीकृत भएको छ ।
सर्वोत्तम सिमेन्टको ७ प्रतिशत दरका कुल ३२ लाख ५५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, मेरो माइक्रोफाइनान्सको ७.५ प्रतिशत दरका कुल ९ लाख ९० हजार कित्ता सेयर सूचीकृत भएको छ ।
चैत १२ गते मंगलबार, कुथेली बुखेरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत दरका कुल १ लाख २१ हजार ८६७.५० कित्ता सेयर सूचीकृत भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ३.६५१६ प्रतिशत दरका कुल १२ लाख ५२ हजार ८४४.१७ कित्ता सेयर सूचीकृत भएको छ ।
चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको १० प्रतिशत दरका कुल ७९ लाख ८३ हजार ९९७.२० कित्ता सेयर सूचीकृत भएको छ ।
सुपर माई हाइड्रोपावर लिमिटेडको ७ प्रतिशत दरका कुल ३ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको छ ।
त्यस्तै, चैत १४ गते बिहीबार, माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशत दरका कुल ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर सूचीकृत भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको ३ प्रतिशत दरका कुल १२ लाख ५१ हजार ३९५.५८ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।