काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक विकास बैंकसहित दुई कम्पनीको साढे ४६ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ ।
बिहीबार, दुई कम्पनीको कुल ४६ लाख ४६ हजार २४२.१६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
जसमा, माउन्टेन इनर्जी नेपाल लिमिटेडको १५ प्रतिशत दरका कुल ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर सूचीकृत भएको छ ।
महालक्ष्मी विकास बैंक लिमिटेडको ३ प्रतिशत दरका कुल १२ लाख ५१ हजार ३९५.५८ कित्ता सेयर सूचीकृत भएको छ ।
उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।