नेप्सेको सीईओमा नारद लुईँटेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा (सीईओ) मा नारद लुईंटेल नियुक्त भएका छन् । मन्त्रीपरिद्को बैठकले उनलाई नियुक्त गरेको हो ।

उनीसँग तारागाउँ विकास समितिको अध्यक्ष तथा कम्पनी सचिवको रुपमा काम गरेको अनुभव रहेको छ । नाथमको कार्यकारी निर्देशक समेत भएर काम गरिसकेका छन् ।

लुईंटेलले त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नोतकोत्तर गरेका छन् । नेपाल स्टक एक्स्चेन्ज नेपालको सेयरबजारको व्यवस्थापक कम्पनी हो । यसको प्रतिस्पर्धी कम्पनी समेत ल्याउने तयारी रहेको छ ।

जसकारण नेप्सेको सीईओको लागि कुसल व्यवस्थापन गर्नु नै चुनौती हुने छ । साथै नेप्सेको पुनसंरचनाको विषयहरु पनि उठिरहेका छन् । त्यसमा समेत सीईको तर्फबाट हुनेपर्ने पहलकदमीको भूमिका निभाउनुपर्ने छ ।

 

प्रतिक्रिया

हेडलाइन्स