काठमाडौं । साताको दोस्रो दिन सेयरबजारमा वृद्धि भएको छ । आइतरबार सेयर बजारमा भारी गिरावट आएकोमा आज भने वृद्धि भएको हो ।
आइतबार, नेप्से परिसूचक ५३ दशमलव ०४ अंकले घटेर २६१६ दशमलव २६ अंक विन्दुमा आइपुगेको थियो । तर आज भने ३० दशमलव ५२ अंकले बढेर २६४५ दशमलव २०अंक कायम भएको हो ।
आज ९७ लाख ३९ हजार कित्ता सेयर ४ अर्ब ४८ करोडमा खरिद बिक्री भएको छ । आज सर्वाधिक कमाउनेमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स देखिएको छ । जसको ९. २९ प्रतिशतले सेयर वृद्धि भएको हो ।
त्यस्तैगरि पोखरा फाइनान्स, समृद्धि फाइनान्स, स्वेतगंगा हाइड्रो पावर , सेन्ट्रल फाइनान्स जस्ता कम्पनीहरुको सेयर ५ प्रतिशतभन्दा बढिको वृद्धि देखिएको हो ।
त्यस्तै गरि सर्वाधाकि कारोबार हुने कम्पनीमा हिमालयन रि इन्स्योरेन्सको ३२ करोड ६९ लाख रुपैयाँ बराबर, सीइडीबी होल्डिङ्सको १५ करोड २९ लाख रुपैयाँ बराबर, नेपाल रि इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँ बराबर, गार्डियन माइक्रो लाइफको १२ करोड ४४ लाख रुपैयाँ बराबर, सिन्धु विकास बैंकको ११ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ ।