काठमाडौं । बुधबार, नेप्से परिसूचक १४.८८ अंकले घटेर २६८२.१५ अंक विन्दुमा आइपुगेको छ ।
आज ९५ लाख ८३ हजार कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८३ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, मिथिला लघुवित्तको ९.३९%, गरिमा समृद्वि योजनाको ७.६९%, भूगोल इनर्जीको ७.३५%, ग्रीन डेभलपमेन्ट बैंकको ७%, रावा इनर्जीको ३.५६%, अप्पर सोलु हाइड्रो इलेक्ट्रिकको २.४६%, युनिलिभर नेपालको २.२९%, कुथेली कुखेरी स्मल हाइड्रोपावरको २.२६%, सयपत्री हाइड्रोपावरको २.२६%, दिव्यश्वरी हाइड्रोपावरको २.१८ प्रतिशतले सेयर मूल्य बढेको छ ।